माओवादी केन्द्र सोलुदुधकुण्ड नगरकमिटीले गर्‍यो सल्लेरी बजार र शिव मन्दिर सरसफाई

  हिमाल समाचार  1253 पटक हेरिएको

सोलुखुम्बु – नेकपा माओवादी केन्द्र सोलुदुधकुण्ड नगर कमिटीले सल्लेरी स्थित साप्ताहिक हाट नयाँ बजार र शिव मन्दिर परिसर सरसफाई गरेको छ ।

माओवादी केन्द्रको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्र्तगत पार्टीका ४० भन्दा बढी युवाहरुको सकृयतामा सरसफाई गरिएको हो ।

हिन्दु नेपालीहरुको महान पर्व हरितालिका तिजमा महिलाहरु शिव मन्दिर बढी जाने भएकाले शिव मन्दिर परिसरमा उम्रिएका झारपात काटछाँट तथा फोहोरमैलाको सरसफाई गरी व्यवस्थापन गरिएको पार्टीका जिल्ला सहइन्चार्ज हिमाल गिरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार