कट्वाल परिवारले निर्माण गरे मन्दिरकाे मुख्य प्रवेशद्वार

  हिमाल समाचार
105 Shares

साेलुखुम्बु – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ स्थित मझुवाकालिका भगवती मन्दिर परिसरमा निर्माण गरिएको प्रवेशद्वारको उद्घाटन गरिएको छ । निजि लगानीमा निर्माण भएको मन्दिरको आज सनिबार नगरपालिकाका प्रमुख तिर्थराज भट्टराईले उद्घाटन गर्नुभएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ५ लफ्याङ कटवाल गाउँका युवराज कट्वाल, किर्ती बहादुर कट्वाल, भिम बहादुर कट्वाल, पोस्तक बहादुर कट्वालले आफ्नी स्वर्गिय आमा नरमाया कट्वालको सम्झनामा मन्दिर परिसरमा निर्माण गर्नुभएको प्रवेशद्धारको आज उद्घाटन गरिएको स्थानीय फवन कट्वालले बताउनुभयो ।

कट्वाल परिवारले ७ लाख बढी लागतमा निर्माण गरेको मन्दिर परिसरको मुख्य प्रवेशद्वार को दायाँ वायाँ बाघको प्रतिमा स्थापना गरिएको छ भने सिरमा भगवान शिवको प्रतिमा निर्माण गरिएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मझुवाकालिका भगवती मन्दिर क्षेत्रलाई सुन्दर बनाउन नगरपालिकाले फुलको पहाडको अभियान बनाउने अभियान चलाइरहेका बेला कट्वाल परिवारले प्रवेशद्वार निर्माण गराउनु सुनमा सुगन्ध जस्तै भएको नगर उपप्रमुख विसन राईले बताउनुभयो ।

आमाको नामबाट मन्दिर परिसरमा गेट निर्माण गर्न पाउँदा आफुहरु हार्षित भएको पोस्तक कट्वालले बताउनुभयो । प्रवेशद्वार उद्घाटन कार्यक्रममा बोल्दै जिल्लाकै पवित्र मन्दिर परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भएकोमा खुसि व्यक्त गर्दै नेपाली कांग्रेस खोटाङका सभापति विष्णुकुमार राईले कट्वाल परिवार प्रति धन्यवाद व्यक्त गनुभएको छ ।

उहाँले गेट निर्माण भएपछि मन्दिर क्षेत्रमा यसले कलात्मक सौन्दर्यता थपेको पनि बताउनुभएको छ । यस्तै सभापति राईले प्रवेशद्वार निर्माण भएपछि पुर्वको पशुपतिनाथ भनेर चिनिने हलेसी महादेव मन्दिर दर्शन गर्न आउने दर्शनार्थीले एक पटक कालिका भगवती मन्दिर भ्रमण गर्न प्रेरित गर्ने पनि विश्वास लिनुभएको छ ।

उहाँले त्यस क्षेत्रलाई फुलको पहाड बनाउने अभियान तिब्र बनाउदै त्यसको सरक्षणमा समेत लाग्नुपर्नेमा जोड दिनुभएको छ । उद्घाटन कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तिर्थराज भट्टराई, उपमेयर विसन राई, नेपाली कांग्रेस खोटाङका सभापती बिष्णुकुमार राई, लफ्याङका वडा अध्यक्ष तथा नेपाली कांग्रेसका नेता दिनेश घिमिरे, गेट निर्माणकर्ता कट्वाल परिवार तथा स्थानीयको उपस्थीति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार