महाकुलुङमा भालुको आक्रमणबाट एक जनाको ज्यान गयो

  हिमाल समाचार
2.6k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिका १ खिरौलेमा भालुको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्थानीय अन्दाजी ५३ वर्षीय पेम्बा वाङ्छु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आज शनिबार दिउँसो अन्दाजी २ बजे मकै बारीमा जाँदा शेर्पालाई भालुले आक्रमण गरेको थियो । भालुको आक्रमणबाट टाउको, पेट, छाती लगायतको भागमा गम्भिर चोट लागेका शेर्पाको महाकुलुङ प्राथमिक अस्पताल बुङमा ज्यान गएको संवाददाता झलक राईले जानकारी दिनुभयो ।

घाईते अवस्थामा स्थानीयले उद्वार गरेर अस्पताल पु¥याउने वित्तिकै शेर्पाको ज्यान गएको बताइएको छ । भालुको आक्रमणमा परेका शेर्पाको आन्द्रा नै बाहिर निस्किएको प्रत्यक्षदर्शी सुन्दर कुलुङले बताउनुभयो ।

स्थानीयका अनुसार गएराती भालुले मकैबालीमा क्षति पु¥याएको थियो । उक्त मकैको ढोर उठाउन जाने क्रममा बारीमै बसेको भालुले शेर्पालाई दिउँसै आक्रमण गरेको बताइएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार