सोलुखुम्बु – नेपाल शिक्षक महासंघको आन्दोलन हिमाली जिल्ला सोलुखुम्बुमा पनि सुुरु भएको छ । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक २०८० को बिरोधमा घोषित आन्दोलन अन्र्तगत जिल्लामा पनि आज शनिबारबाट कार्यक्रम सुरु गरेको हो ।
संघले शनिबार सल्लेरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलन सुरु भएको जानकारी गराएका छन् । जिल्लाका शिक्षकहरु पनि केन्द्रीय आन्दोलनमा काठमाण्डौँ केन्द्रित हुने भएकाले असोज ३ गतेबाट अनिश्चित कालका लागि पठनपाठन ठप्प हुने नेपाल शिक्षक महासंघ सोलुखुम्बुका अध्यक्ष लाल प्रसाद बास्तोलाले जानकारी दिनुभयो ।
साथै सस्थागत विद्यालयहरु, स्थानीय सरकारहरु, विव्यास, अभिभावक तथा विद्यार्थीहरुलाई समेत आन्दोलनमा सहयोग गर्न महासंघले अपिल गरेको छ ।
महासंघद्वारा जारी विज्ञप्ति–