सोलुदुधकुण्डमा रीडको प्रभाव : १९ विद्यालयको सिकाइ उपलब्धि ३.५२ प्रतिशतले वृद्धि

  हिमाल समाचार
273 Shares

सोलुखुम्बु – रीड नेपालले काम गर्ने सोलुदुधकुण्ड नगरपालिकाको १९ विद्यालयको सिकाइ उपलब्धि ३.५२ प्रतिशतले वृद्धि भएको छ । शैक्षिक सत्र २०७८ को तुलनामा २०७९ मा ३.५२ प्रतिशतले सिकाइ उपलब्धि वृद्धि भएको रीड नेपालले जनाएको छ ।

रीड नेपालले आज आईतबार सल्लेरीमा एक कार्यक्रमको आयोजना गरी सरोकारवाला समक्ष समिक्षा रिपोर्ट सार्वजनिक गरेको हो । सोलुदुधकुण्ड नगरपालिका भित्रका ६२ सामुदायिक विद्यालय मध्ये रीडले १९ वटा विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिको काम गर्दै आएको छ ।

जसमा गार्मा मावि गार्मा, सिंहकाली मावि तिङ्ला, पिके मावि लोदिङ, बालेश्वर मावि घुन्सा, चाँगेस्थान मावि केरुङ, जनप्रिय मावि टाप्टिङ, दुधकुण्ड हिमालय आवि फाप्लु, जनजागृति आवि सल्लेरी, जनसुधार आवि खोरिया, सेकार्सिङ आवि सेकार्सिंङ, पत्ताले आवि पत्ताले, महेन्द्र ज्योति आवि बेलीडाँडा, विश्व वाङक्षु दर्शन आवि केरुङ, सिंहकाली आवि केरुङ, सिंहकाली आवि तिङला, गोराखानी आवि गोरा, फतान्जे आवि फतान्जे र सिसाखोला आवि सिसाखोला रहेका छन् ।

गत आर्थिक वर्ष रीडले नगरपालिकाका १३७ जना शिक्षकलाई विभिन्न तालिम, २९ जनालाई छात्रवृत्ति र ४५ जना विव्यस तथा शिअसका पदाधिकारीलाई तालिम प्रदान गरेको छ । यस्तै ७४३ जना अभिभावक, ३९० जना बाल क्लवका पदाधिकारी र ४५५ जनालाई विद्यालय प्रोफाईल निर्माण सम्बन्धिको तालिम प्रदान गरेको रीडको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी ५ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा विस्तार र ८८३ जनालाई विद्यार्थी सिकाइ मुल्यांकन फारम वितरण गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीले जानकारी दिनुभयो । गत आर्थिक वर्षमा सोलुदुधकुण्डमा ३२ लाख बराबरको विद्यालय समाग्रीहरु वितरण गरेको रीड नेपाल सोलुखुम्बुले जनाएको छ ।

समिक्षा कार्यक्रममा नगरप्रमुख नाम्गेल जाङबु शेर्पा, उप्रमुख गान्धी माया तामाङ, प्रमुख प्रशासकीय अधिकृत कोपिला राई, नगरकार्यपालिका सदस्यहरु, नगरपालिका विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, सम्बनिधत विदालयका प्रधानाध्यापक तथा शिक्षकहरु लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार