खिजीदेम्बा अध्यक्ष शेर्पा विरुद्धको रिट उच्च अदालतबाट खारेज !

  हिमाल समाचार
0 Shares

सोलुखुम्बु – ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पा विरुद्धको रिट खारेज भएको छ । उच्च अदालत विराटनगर अस्थायी इजालस ओखलढुंगाले शेर्पा विरुद्धको रिट खारेज गरिदिएको हो ।

न्यायधीशद्वय लेखनाथ पौडेल र शकुन्तला घिमिरेको संयूक्त इजालसले शेर्पाको उम्मेदवारी विधि संवत रहेको ठहर गर्दै उक्त रिट खारेज गरेको रजिष्टार संजिव पोखरेलले जानकारी दिनुभयो ।

अध्यक्ष शेर्पा विरुद्ध प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्र बस्नेतले विदेशी नागरिकता वाहक भएकै अवस्थामा निर्वाचनमा भाग लिएको भन्दै आफूलाई गाउँपालिका अध्यक्ष घोषित गरि पाउँ भनि उच्च अदालतमा रिट दर्ता गर्नुभएको थियो । यद्यपी आदेशको पूर्ण पाठ आउन बाँकी रहेको अदालतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार