महाकुलुङ गाउँपालिका बजार अनुगमनमा उत्रियाे

  हिमाल समाचार
1.1k Shares

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले शनिबार बजार अनुगमन गरेको छ । गत साउनमा दुधकोशीको बेलिब्रीज भत्किएपछि मुल्यबृद्धिको मारमा परेको महाकुलुङ गाउँपालिकाको बजार अनुगमनमा गाउँपालिका उत्रिएको हो । गाउँपालिका अध्यक्ष सुर्य बहादुर कुलुङको नेतृत्वमा गाउँपालिकाको वडा नम्बर १ र २ मा रहेका औषधि पसल किराना पसल, मासु पसल, बजार, होटल गरि झण्डै ३७ वटा पसल तथा हाटल अनुगमन गरेको हो ।

अध्यक्ष राई नेतृत्वको अनुगमन टोलिले अनुगमनका क्रममा १३ वटा पसल मात्रै दर्ता भएको पाइएको छ । यस्तै बजार अनुगमनका क्रममा मुल्यबृद्धि गरिएका तथा म्याद गुज्रिएका १३ हजार ६ सय १० रुपैयाँ बराबरका सामाग्री बरामद गरिएको छ ।

बाढीले दुधकोशी बेलिबृज भत्काइदिएपछि मुल्यबृद्धिको प्रत्यक्ष मार भोगिरहेका महाकुलुङबासीले निरन्तर गुनासो गरेपछि गाउँपालिका आफै बजार अनुगमनमा उत्रिएको गाउँपालिका अध्यक्ष कुलुङले बताउनुभयो । उहाँका अनुसार स्थानीय व्यपारीहरुले चरम मुल्यवृद्धि गरिहरेको भन्ने व्यापक जनगुनासो आफुसमक्ष आएपछि यस्तो कदम चालिएको हो ।

शनिबार गरिएको बजार अनुगमनमा गाउँपालिका अध्यक्ष राई, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेत, ईलाका प्रहरी प्रशासन कार्यलयका प्रमुख लङ्क बहादुर श्रेष्ठ, महाकुलुङ गाउँपालिका वडा नम्बर वडा न १ अध्यक्ष पर्खिधन नाछिरिङ राई, इलाका प्रशासन कार्यालय सोताङका प्र्रमुख नइन्द्र बहादुर बस्नेत, पालिका शिक्षा अधिकृत झमक बहादुर कटवाल, स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद आचार्य, लेखा  अधिकृत नारायण काजी बस्नेत, कृषि शाखा अधिकृत ओस्ना कुलुङ, पशु शाखा प्राबिधिक सुर्य किराँती, कृषि सहायक प्राबिधिक बिपना केसि ,बजार प्रतिनिधि , सुरक्षाकर्र्मी तथा सञ्चारकर्मीको उपस्थिति रहेको संवाददाता झलक राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार