खानेतेलमा आत्मनिर्भर बन्न बीउ वितरणदेखि मिल स्थापनासम्मको योजनामा थुलुङ दुधकोशी 

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले खाने तेलमा आत्मनिर्भर बन्नको लागि आवश्यक कदम चाल्ने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले खानेतेलमा आत्मनिर्भर बन्नको लागि तत्काल बिउ बितरणदेखि तेल पेल्ने मिल समेत स्थापना गर्ने निर्णय गरेको छ ।

खानेतेल आयतमा पुर्णरुपमा प्रतिवन्ध लगाउने नीति बनाएको गाउँपालिकाले यस वर्ष भने अभियानकै रुपमा तेलहन बाली (भाटमास, सुर्यमुखी  र तोरी) मा स्थानीयबासीलाई आकर्षित गराउने गतिविध सन्चालन गरिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।एक हप्ताको म्याद राखेर अहिले तोरीको बीउका लागि माग संकलन सुरु गरिएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिकाले नदिजन्य पदार्थ उत्खनन‚ संकलन तथा बिक्री गर्ने कार्यमा रोक लगाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा आइतबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको बताइएको छ ।

गाउँपालिका क्षेत्र भित्र नदिजन्य पदार्थ उत्खनन‚ संकलन तथा बिक्री गर्ने कार्यको लागि  बोलपत्र आव्हान गर्ने निर्णय भएको तत्काल उक्त कार्यमा रोक लगाउँने निर्णय गरिएको पालिकाले जनाएको छ । यस्तै सोही बैठकले गाउँपालिका उपाअध्यक्ष सविता राईको संयोकत्वमा उपभोक्ता हकहित संरक्षण समिति गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार