फूल कोपी राेपेकाे ठाँउमा तरूल फलेपछी…..!

  हिमाल समाचार
266 Shares

साेलुखुम्बु – इलाम नगरपालिका वडा नं चारका एक किसानले एक हजार भन्दा बढी झाङ फूल कोपीका बिरुवा रोपे । फूल कोपी फूलाएर तरकारीका लागि बजारमा लैजाने तयारी साथ कोपीको स्याहार सुसार गरे तर कोपी फुलेन । वडा नं. चारको कार्की गाउँका भोजबहादुर कार्कीले रोपेको कोपी नफुलेपछि उखेलेर हेर्दा जरा तरुल जस्तै ठुलो भएको पाइयो ।

कार्कीले आफ्नो फाममा फूल कोपी भनेर रोपे तर फुलेन उखेलेर हेर्दा तरुल जस्तो फले पनि वडा कार्यालय र नगरपालिकामा सम्म गुनासो राखे । अनुसन्धानका लागि पठाइए पनि अहिलेसम्म के कारण यस्तो भएको भन्ने कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

इलाम नगरपालिका चारका वडाध्यक्ष नूतन देव दुलालले कोपी नफुलेर जरा तरुलजस्तो भएपछि समस्या पत्ता लगाउन कृषि ज्ञान केन्द्र, कृषि शाखा पुर्याएपनि अहिले सम्म केही नआएको बताउँछन् ।

पछिल्लो समय माटोको पोषक तत्वको कारण पनि यस्तो हुन्छ भनेर कृषि प्राविधिकहरू बताउने दुलालको भनाई छ । उनले कृषि ज्ञान केन्द्रमा अध्ययन अनुसन्धान गछौ भने पनि अहिलेसम्म कुनै रिपोट पेस नभएको हुँदा के कारणले यस्तो भयो भनेर भन्न नसिकिने बताउँछन् ।

यता कृषि ज्ञान केन्द्रका प्रमुख टोनि वर्देवा अहिले सम्म अध्ययनका लागि कार्यालयमा कुनै जानकारी नभएको भन्दै बिरुवाले फल दिनुको सट्टा जरामा गाठागुँठी आउनु माटोको अम्लीय पनको कारण यस्तो समस्या हुने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार