खोटाङका सामुदायिक विद्यालय असाेज ३ बाट बन्द गर्ने घोषणा

  हिमाल समाचार  219 पटक हेरिएको

साेलुखुम्बु – शिक्षकहरुका पेशागत संगठनले खोटाङका सामुदायिक विद्यालय असोज ३ गते देखि अनिश्चित कालका लागी बन्द गर्ने बताएका छन ।

सरकारले गत भाद्र २७ गते सदनमा दर्ता गरेको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई शंसोधन र एकिकरण गर्न बनेको विधेयक २०८० ले सबै शिक्षक तथा विद्यालय कर्मचारी बालविकास सहजकर्ता लगायतका तमाम समस्या र हकहरुलाई निमुट पार्दै सार्वजनिक शिक्षा लाई ध्वस्त गरेर शिक्षामा व्यापक निजिकरण, व्यापारिकरण र व्यवसायिकरण गर्दैे कालो शिक्षा विधेयक ल्याएको भन्दै जिल्लामा कृयासिल शिक्षकहरुका ८ओटा पेशागत संगठनले संयुक्त विज्ञप्ति जारि गरेका छन ।

उनिहरुले सरकारले सदनमा पेश गरेको विधेयकको विरोध गर्न राष्ट्रिय शिक्षक महासंघले आयोजना गरेको विरोधलाई उत्कर्षमा पु¥याउन उपस्थीति जनाउन काठमाण्डौ जाने भन्दै माग पुरा नभएसम्म विद्यालय नखोल्ने बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार