संविधान दिवस : सोलुखुम्बु कारागारका ४ जनाको कैद मिनाहा

  हिमाल समाचार
1k Shares

सोलुखुम्बु – संविधान दिवसका अवसरमा जिल्ला कारागार कार्यालय सोलुखुम्बुका ४ जना कैदीको कैद मिनाहा भएको छ । दिवसको अवसर पारेर जिल्ला कारागारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुको कैद कट्टठा गरी बाँकी कैद मिनाहा गर्नुभएको हो ।

कैद मिनाहा हुनेमा ज्यान मार्ने उद्योगका सोलुदुधकुण्ड नगरपालिका १ का २४ वर्षीय पासाङ शेर्पा, कर्तव्य ज्यान मुद्धाका थुलुङ दुधकोशी गाउँपालिका ८ का २८ वर्षीय भुपेन्द्र राई र सोलुदुधकुण्ड नगरपालिका १० का ३६ वर्षीय ग्याल्जे शेर्पा र चोरी मुद्धाका थुलुङ दुधकोशी गाउँपालिका ६ का राज कुमार राई रहेको निमित्त जेलर केशव धामीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला कारागारले ८ जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहाका लागि सिफारिस गरेकोमा ४ जनाको कैद मिनाहा भएर आएको हो ।

हाल जिल्ला कारागार कार्यालय सल्लेरीमा ८० पुरुष र ११ महिला गरी ९१ जना कैदी रहेका छन् । सोलुका ४ सहित बुधबार देशभरका ६७० जना कैदीको कैद माफी मिनाहा हुँदै छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले निकाल्नुभएको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिसबमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।

कसरी हुन्छ कैद मिनाह ?
फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ३७ मा कैद कट्टाको व्यवस्था छ । केही निश्चित प्रकृतिका बाहेकको कसुरका हकमा असल चालचलन भएका कैदीहरुको बाँकी रहेको कैद मिनाहाका लागि सिफारिस गरिन्छ ।

त्यसका लागि जेलरले कारागार प्रशासन हुँदै गृह मन्त्रालयमा प्रस्ताव पठाउछ । गृहले मन्त्रिपरिषदबाट सिफारिस गरी राष्ट्रपतिबाट निर्णय भएपछि कैद छुटको निर्णय हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार