स्वास्थ्य क्षेत्रलाइ प्राथिमकतामा राखेर काम गर्न अध्यक्ष राईकाे निर्देशन

  हिमाल समाचार
0 Shares

थुलुङ दुधकोशी गाउँपालिकामा पालिका स्तरीय स्वास्थ संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका स्वास्थ शाखाको आयोजनमा आर्थिक वर्ष २०७९÷०८० को समिक्षा गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका भित्रका स्वास्थ्य संस्था र विद्यालय नर्सले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै सम्पुर्ण स्वास्थ्यकर्मीलाई सोही अनुसार काम गर्न निर्देशन दिनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाले सुविधा सम्पन्न अस्पताल निर्माण गरि संचालन गरेको स्मरण गराउदै अध्यक्ष राईले स्वास्थ्य क्षेत्र अति संवेदनशिल भएकाले स्वास्थ कर्मीले आफ्नो जिम्मेवारीमा कुनैपनि सम्झौता नगर्न निर्देशन दिनुभयो । सामाजमा आवश्यक स्वास्थ सम्बन्धि चेतनामुलक कार्यक्रम सञ्चालन गर्नको निम्ति वडा तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मी बढी भन्दा बढी क्रियाशिल हुनुपर्नेमा अध्यक्ष राईले जोड दिनुभयो ।

यस्तै गाउँपालिका उपाध्यक्ष सविता राईले स्वास्थ्य क्षेत्रमा सबै जना संवेदनशिल भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यममा एक आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने तीन वटा स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गरिएको पालिका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष भोजराज कार्कीले जानकारी दिनुभयो ।

कार्य सम्पादनको आधारमा पन्चन स्वास्थ चौकी प्रथम, जुबु स्वास्थ्यचौकी द्वितीय र नेले स्वास्थ्यचौकी तृतीय भएका छन । उनिहरुलाइ पालिका अध्यक्ष असिम राईले धन्यवाद दिदै प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेत, ६ का वडा अध्यक्ष महेन्द्र दिप राई र वडा नम्बर ८ का वडा अध्यक्ष राजेश बाबू किराँती लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार