सोलुखुम्बु : संविधान दिवस २०८०को अवसरमा नेपाल मानव अधिकार संगठन जिल्ला शाखा सोलुखुम्बुद्वारा शुभकामना तथा द्विप प्रज्वलन कार्यक्रम गरिएको छ । बुधबार संविधान दिवसको अवसरमा संस्थाकै हल सल्लेरीमा सो कार्यक्रम सम्पन्न गरेको हो ।
सभापति रमेश कुमार बस्नेत, उप– सभापति हिमाल गिरी, कोषाध्यक्ष इश्वरी खड्का, सल्लाहाकार समिति सदस्य केशव ढुङ्गाना, सचेत नागरिक वर्ग लगायतको उपस्थिति थियो ।
संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लगायतका व्यवस्था विधानमा मात्र सिमित नभई अझ व्यवहारिकतामा लागु गर्न सकियोस् भन्दै सभापति रमेश कुमार बस्नेतले संविधान दिवस २०८० को शुभकामना व्यक्त गर्नु भयो ।
साथै उपसभापति हिमाल गिरीले हिमाल, पहाड, तराईको समिश्रण भौगोलिक संरचनालाई समेट्दै समग्र जाति, भाषा र सम्प्रदाय सहित सिङ्गो मानव जातिमा समानता कायम राख्दै अगाडि बड्नु पर्नेमा जोड दिनुभयो ।