चिशंखुगढीका कर्मचारीलाई वर्षमा २ पटक मात्र परीक्षा बिदा दिइने

  हिमाल समाचार
938 Shares

सोलुखुम्बु – ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका कर्मचारीले वर्षमा २ पटक मात्रै परीक्षा बिदा पाउने भएको छ । आज शुक्रबार बसेको कार्यपालिका बैठकले कर्मचारीहरुलाई वर्षमा एउटा एकेडेमिक र एउटा लोक सेवाको परीक्षामा मात्रै बिदा उपलब्ध गराईने निर्णय गरेको हो ।

कर्मचारी कम रहेको तथा भएका कर्मचारीहरु समेत पटक पटक परीक्षामा लामो समय बिदा बस्दा सेवा प्रवाहमा बाधा पुगेको भन्दै यस्तो निर्णय गरिएको एक कर्मचारीले बताएका छन् ।

बिदालाई अधिकार नभई सहुलियत मात्रै हो भन्ने मर्मलाई आत्मसाथ गरी कर्मचारीहरु सेवा प्रवाहमा तल्लिन हुन समेत आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार