सोलुखुम्बु – सोलुखुम्बुमा मोतिविन्दु छनौट शिविर सुरु भएको छ । तिलगंगा आँखा प्रतिष्ठान र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले आज शुक्रबारबाट छनौट सुरु सुरु गरेको हो । शुक्रबार पहिलो दिन लिखुपिके गाउँपालिकाबाट १० जना मोतिविन्दुका बिरामी अप्रेसनका लागि छनौट भएका छन् ।
लिखुपिकेको चौलाखर्कमा भएको शिविरमा १४४ जनाले आँखाको जाँच गराएकोमा १० जना अप्रेसनका लागि छानिएको आँखा कार्यकर्ता दिनेश राईले जानकारी दिनुभयो । छनौट शिविर आगामी २० गते सम्म जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका बाहेक ७ वटा पालिकाको विभिन्न स्थानमा सञ्चालन हुने छ ।
असोज ८ गते माप्य ग्रामिण आँखा केन्द्र बासा र कोफु स्वास्थ्य चौकी, ११ गते वाकु स्वास्थ्य चौकी वाकु र महाकुलुङ प्राथमिक अस्पताल बुङ्ग, १२ गते प्राथमिक स्वास्थ्य केन्द्र सोताङ, १४ गते नेले हेल्थ क्लिनिक नेले र आधारभुत स्वास्थ्य सेवा केन्द्र नेचासल्यान ५ छनौट शिविर आयोजना गरेको छ ।
यस्तै १५ गते देउसा स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र नेचासल्यान ४ र केरुङ स्वास्थ्य चौकी, १६ गते रणेम स्वास्थ्य चौकी, आधारभुत स्वास्थ्य सेवा केन्द्र सल्यान १ र तिङला स्वास्थ्य चौकी तिङला, १७ गते नेचासल्यान ग्रामिण आँखा केन्द्र दोधी, १८ गते जुबु स्वास्थ्य चौकी जुबु र बेतघारी स्वाथ्य चौकी बेतघारी, २० गते वङ्छु मेमोरियल अस्पताल टाप्टिङ र पञ्चन स्वास्थ्य चौकी पञ्चनमा निशुल्क छनौट शिविर आयोजना गरेको जिल्ला सामुदायिक आँखा केन्द्रका इन्चार्ज विधान ताम्राकारले बताउनुभयो ।
शिविरबाट छानिएका मोतिविन्दुका अप्रेसन गर्नुपर्ने बिरामीहरुलाई असोज २८ र २९ गते फाप्लुमा हुने मोतिविन्दु शल्यक्रिया आँखा अप्रेशन) शिविरमा अप्रेसन गर्ने जनाइएको छ । शल्यक्रियाका लागि तिलगंगाबाट वरिष्ठ नेत्र विशेषज्ञहरु फाप्लु आउने बताइएको छ ।
सम्बन्धित समाचार-