सगरमाथाको फेदीबाट आधा लाख बढीको अखाद्य वस्तु जफत

  गोमा बस्‍नेत
266 Shares

सोलुखुम्बु :    विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रबाट ५४ हजार मुल्य भन्दा बढीको अखाद्य वस्तु जफत गरिएको छ ।

शुक्रबार सीमा प्रशासन कार्यालय नाम्चेले नाम्चे बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा ५४ हजार ८ सय ९० रुपैयाँ बराबरको म्याद गुज्रिएका वस्तुहरु जफत गरि नष्ट गरिएको हो ।

कार्यालयका प्रमुख सुजना कुमारी बर्देवाको संयोजकत्वमा भएको संयुक्त बजार अनुमनमा बजार क्षेत्रको नापतौल गर्ने ढक तराजु र मूल्य सुची समेतको अनुगमन गर्दा बिक्रीमा राखिएका तर म्याद गुज्रिएका प्याकेटका वस्तुहरु जफत गरिएको सीमा प्रशासन कार्यालय नाम्चले जनाएको छ ।

अनुगमनमा ईलाका प्रहरी कार्यालय नाम्चेका प्रमुख प्रहरी निरीक्षक कविन राई, स्थानीय जनप्रतिनिधि, खुम्बु क्षेत्र कर्मचारी मिलन केन्द्र, खुम्बु व्यापार संघ, नाम्चे युवा समूह, नाम्चे महिला समूह, नाम्चे मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, नाम्चे होटल व्यवसायी सङघ, खुम्बु सामुदायिक सेवा केन्द्र, स्थानीय लगायतको उपस्थिती रहेको थियो ।

सगमारथामा क्षेत्रको नाम्चे बजारमा स्वदेशी तथा विदेशी पर्यटकहरुको बढ्दो क्रम साथै चाडपर्व नजिकिएसँगै कालो बजारी, महँगी तथा जनस्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गरी बजार अनुगमनमा कडाई गरिएको सिमा प्रशासन कार्यालय नाम्चेका प्रमुख सुजना कुमारी बर्देवाले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार