ओखलढुंगाका एक वडाध्यक्ष विरुद्ध जबरजस्ती करणी मुद्धा

  हिमाल समाचार
3.2k Shares

सोलुखुम्बु – ओखलढुंगाको सुनकोशी गाउँपालिका १० का वडा अध्यक्ष छविरमण धमलालाई जबरजस्ती करणीको आरोप लागेको छ । वडा अध्यक्ष धमलाले आफुलाई जबरजस्ती करणी गरेको भन्दै एक २५ वर्षीया युवतीले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा मुद्वा दर्ता गरेकी हुन् ।

असोज ५ गते प्रहरीमा मुद्वा दर्ता भएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको छ । महिलाको उजुरीको आधारमा असोज ७ गते आइतबार ओखलढुंगा जिल्ला अदालतबाट वडाध्यक्ष धमलालाई पक्राउ गर्ने आदेश भएको प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिनुभयो ।

अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले धमलालाई गिरफ्तार गर्ने तयारी भईरहेको ओखलढुंगा प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार