साेलुखुम्बु – खोटाङको रावाबेँसी गाउँपालिका वडा नम्बर ५ दुवेकोलले कृषिजन्य सामाग्रीको मुल्यसूची निर्धारण गरेको छ । आज मंगलबारबाट कृषिजन्य सामाग्री संकलन केन्द्र संचालनमा ल्याएको वडाले वडामा उत्पादित सामाग्री संकलन केन्द्र मार्फत कृषकले सामाग्री बेच्ने र खरिद गर्ने मुल्य सूची सार्वजनिक गर्दै मुल्यनिर्धारण गरेको हो ।
कृषिमा आधारित आयआर्जनलाई वबढ्वा दिदै वडाका हरेक घरपरिवारले उत्पादन गरेको कृषि उपज सामाग्री बाट उनिहरुको आयस्तरमा समेत टेवा पु¥याउने उद्यश्यले वडाले यस्तो कदम चालेको दुबेकोलका वडा सदस्य तेजिन्द्र घिमिरेले बताउनुभयो । उहाँले यसरि स्थानिय उत्पादनलाई कृषि उपज संकलन केन्द्र मार्फत बिकृ वितरण गर्दा वडाबासीले मासिक ९ हजार न्युनतम आयआर्जन गर्न सक्ने सदस्य घिमिरेको भनाई छ ।
वडाले सुगम होटल र घिमिरे फेन्सी किराना पसललाई संकलन केन्द्रको रुपमा स्थापना गरेको छ । स्थानिय स्तरमा उत्पादन हुने सबैखाले कृषिजन्य उत्पादनको खरिद तथा बिक्री मुल्य सूची निर्धारण गरेको छ ।
यस्तो छ मुल्य सुची …..