नेले र काँगेल क्षेत्रको पसलमा प्रशासनको नजर, ३३ हजार बढीको अखाद्य वस्तु जफत

  हिमाल समाचार
245 Shares

सोलुखुम्बु – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको दुई वटा बजार क्षेत्रमा गरिएको अनुगमनबाट ३३ हजार बढीको अखाद्य वस्तु जफत गरिएको छ । गाउँपालिका वडा नम्बर १ मा रहेको साप्ताहिक हाट नेले बजार वडा नम्बर २ को देवीथानबाट उक्त ३३ हजार ३० रुपैयाँ बजारबरको अखाद्य वस्तु जफत गरिएको हो ।

बजार अनुगमनका क्रममा एक वटा पसल तीन दिनको म्यादा राखी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले जानकारी दिनुभयो । उक्त पसल बिना दर्ता, बिना बिलबिजक र बिना नापतौल पसल सञ्चालन गरेको पाइएकाले बन्द गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउँनुभयो ।

अनुगमनको क्रममा होटल तथा पसल दर्ता, खाद्य बस्तुको म्याद, मुल्य सूचि लगायतलाई हेरीएको हो । गाउँपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा साप्ताहिक हाट नेले बजार र वडा नम्बर १ को देवीथानमा अनुगमन गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

मंगलबार नेले बजारको २२ वटा र काँगेलको ५ वटा गरि जम्मा २७ वटा पसलको अनुगमन गर्दा जफत गरिएको अखाद्य वस्तु मंबगलबार नै नष्ट गरिएको प्रवक्ता कार्कीले बताउँनुभयो । उपभोक्ता अधिकारलाई ध्यानमा राखेर पालिकाको सबै बजार क्षेत्र तथा पसलमा अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार