सोलुखुम्बु – सोलुखुम्बुको ४ वटा पालिकामा कोभिड १९ विरुद्धको फाइजर डोज खोप लगाइने भएको छ । जिल्लाको महाकुलुङ, सोताङ, थुलुङ दुधकोशी र नेचासल्यान गाउँपालिकामा आगामी शुक्रबारबाट खोप कार्यक्रम सुरु गर्ने भएको हो ।
स्वास्थ्य कार्यालय सोलुखुम्बुको आयोजनामा जिल्ला प्रशासन कार्यालय सल्लेरीमा मंगलबार बसेको जिल्ला खोप समन्वय समितिको बैठकले थुलुङ दुधकोशीमा असोज १२ गते, महाकुलुङ, सोताङ र नेचासल्यानमा असोज १३ गते कोभिड विरुद्धको बायोमेट्रिक खोप बुस्टर डोजको पहिलो चरण सञ्चालन गर्ने निर्णय गरेको हो ।
खोप समन्वय समितिका संयोजक प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईको अध्यक्षतामा भएको अध्यक्षतामा भएको बैठकले अन्य पालिकाहरुमा पनि आवश्यकताको आधारमा खोप कार्यक्रम सञ्चालन गरिने निर्णय गरेको छ ।