सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्या गाउँपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि रीड नेपालले निर्माण गरेको ५ वर्षे कार्ययोजना पालिकालाई हस्तान्तरण गरिएको छ । सोमबार पालिकामा भएको समिक्षा कार्यक्रममा रीड नेपालले तयार गरेको आगामी ५ वर्षे कार्ययोजना पालिकालाई हस्तान्तरण गरिएको हो ।
नेचासल्यान गाउँपालिकाको समन्वयमा पालिका अध्यक्ष धनजन राईको अध्यक्षतामा बसेको बैठकमा रिड नेपालले नेचासल्यान क्षेत्रको शैक्षिक गुणस्तरलाई कसरी अभिवृद्धि गर्न सकिन्छ, ५ वर्षमा शैक्षिक उपलब्धिलाई कतिको वृद्धि गर्न सकिन्छ लगातयतका विषयमा तयार गरेको योजना हस्तान्तरण गरेको हो ।
साथै विद्यालय अनुगमनलाई निरन्तरता दिनुपर्ने सरोकारवालाहरुबाट सुझाव पनि प्राप्त भएको छ । गाउँपालिकाले पालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर उकास्नका लागि पलिका स्तरीय विद्यालय अनुगमन नियमित गर्नुपर्ने, सिकाइ उपलब्धी वृृद्धि गर्न विद्यालय÷शिक्षक भ्रमण तथा अनुगमन गर्नुपर्ने, विद्यार्थी सिकाइ मुल्याकन फारमलाई निरन्तरता दिनुपर्ने सुझाव प्राप्त भएको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिनुभयो ।
यस्तै समिक्षा तथा छलफलका लागि पालिका स्तरीय बैठकमा गाउँपालिका अध्यक्ष धनजन राईले शिक्षकहरुलाई तालिममा सिकाइएका कुरालाई गम्भिरतापुर्वक विद्यालयमा लागु गर्नुपर्नेमा जोड दिनुभएको छ । विद्यालयलाई सरकारले गर्ने सहयोग र साझेदार संस्थाले गर्ने सहयोग डुप्लीकेशन हुन नदिन सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
बैठकमा सहभागी सरोकारवालाहरुले विद्यालयस्तरीय शैक्षिक भ्रमणको योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताएका छन । बैठकमा पालिका उपाध्यक्ष बिना राई वडा नम्बर ४ का अध्यक्ष तथा सामाजिक बिकास समिती सयोंजक इन्द्रबहादुर राई वडा ननम्बर ३ अध्यक्ष सिताराम भट्टराई, निमित्त प्रमुख प्रसासकिय अधिकृत युवराज पोखरेल, शिक्षा शाखा अधिकृत माधवमणी ढुंगाना, हिमाल दर्शन माविका प्रधानाध्यपक अशोक कुमार शर्मा, केदार माविका प्रधानाध्यपक लेखनाथ कटेल र गणेशथान मावि गैरीका व्यवस्थापन समिति अध्यक्ष रोसन श्रेष्ठ, रिड नेपालका शिक्षा विकास अधिकृत मुक्ति घिमिरे लगायतका अन्य कर्मचारीको उपस्थिती रहेको थियो ।