जिल्लामै पहिलो पटक महाकुलुङमा जोडियो फोहोर जलाउने मेसिन

  हिमाल समाचार
1.2k Shares

सोलुखुम्बु – सोलुखम्बुको महाकुलुङमा पहिलो पटक प्रविधियुक्त फोहोर जलाउने मेसिन (इन्सिनेटर) जडान गरिएको छ । इकोहिमाल नेपाल र गाउँपालिकाको संयुक्त लगानीमा मंगलबार मेडिकलजन्य फोहोर जलाउने मेसिल जडान गरी सञ्चालनमा ल्याइएको हो ।

इकोहिमालका कार्यकारी निर्देशक नारायण ढकालका अनुसार इकोहिमालको ८ लाख ६४ हजार र गाउँपालिकाको १ लाख ८१ हजार लागतमा मेसिन खरिद गरी जिल्लामै पहिलो पटक महाकुलुङमा जडान गरिएको हो । महाकुलुङ प्राथमिक अस्पताल नजिकै जडान गरिएको उक्त प्रविधिको मंगलबार गाउँपालिका अध्यक्ष तथा महाकुलुङ प्राथमिक अस्पताल बुङ्का अध्यक्ष सुर्य बहादुर कुलुङ्ले उद्घाटन गर्नुभयो ।

हस्पिटलजन्य फोहोर ब्यबस्थापनको लागि उक्त प्रबिधिको उपयोगी हुने गाउँपालिका अध्यक्ष कुलुङले विश्वास व्यक्त गर्नुभयो । सो प्रविवधिबाट फोहोर जलाउदा छिटो जल्ने, धुवा कम आउनुका साथै वातावरणमा समेत कम असर पर्ने इकोहिमालले जनाएको छ ।

जिल्लामै पहिलो पटक महाकुलुङमा जडान गरिएको उक्त प्र्रविधि ट्रायलको रुपमा समेत रहेको इकोहिमालका कार्यकारी निर्देशक नारायण ढकालले बताउनुभयो । अस्पतालजन्य फोहोरहरु ढिलो जल्ने तथा कतिपयले वातावरण तथा स्वास्थ्यमा समेत प्र्रतिकुल असर गर्ने भएकाले प्रविधिको प्रयोग आवश्यक रहेको उहाँको भनाई छ ।

उदघाट्नपछि करिब २० मिनेटमा ४ डोको फोहोर जलाएर परिक्षण गरिएको संवाददाता झलक राईले जानकारी दिनुभयो । मंगलबार महाकुलुङ गाउँपालिका १ खिरौले स्थित कृषि वन स्रोत केन्द्रको तालिमहल, गेस्ट रुम, स्ताफ रुम लगायतको पनि निरीक्षण गरिएको छ ।

कार्यक्रममा पालिका अध्यक्षसहितका जनप्रतिनिधिहरु, पुर्वजनप्रतिनिधिहरु, इकोहिमालका कर्मचारीहरु, पालिकाका कर्मचारीहरु, स्वास्थ्यकर्मी, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार