साेलुखुम्बु – खोटाङको ऐसेलुखर्क गाउँपालिकामा ११ भन्दा बढीको अखाद्यवस्तु जफत गरिएको छ । आज बुधबार गाउँपालिकाको कार्यालय, ऐसेलुखर्क उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय दिक्तेल, इलाका प्रशासन कार्यालय ऐसेलुखर्क लगायत सरोकारवालाहरुको टोलिले गरेको बजार अनुगमन बाट ११ हजार ५ सय ५० रुपैयाँ बराबरको म्याद गुज्रिएको सामाग्री बरामद गरि नष्ट गरेको हो ।
ऐसेँलुखर्क बजार क्षेत्रभित्र रहेका पसल तथा होटलहरुका अनुगमन गर्दा बिभिन्न ११ प्रकारका म्याद गुज्रिएका सामाग्रीहरु पाइएको हो । बजार अनुगमनका क्रममा अनुगमन टोलिले जुस ८ सय रुपैयाँ बरावरको, क्यान वियर ७ सय ५० रुपैयाँको, अजिना ८० रुपैयाँ बरावरको, मिट मसला २ सय ७० रुपैयाँ बरावरको सानो कोक ६ सय ३० रुपैयाँ बरावरको, मेघा श्री ६ हजर ४ सय ६० रुपैयाँ बरावरको, फ्यान्टा ५० रुपैयाँको, सुनगाभा चिया १ हजार ४ सय ४० रुपैयाँ बरावरको, चिजवल २ सय ५० रुपैयाको, पेप्सी ७ सय २० रुपैयाँ बरावरको र विस्कुट १ सय रुपैयाँ गरि जम्मा ११ हजार ५ सय ५० रुपैयाँ बरावरको सामाग्री जफत गरि नष्ट गरिएको हो ।
आज सम्पन्न बजार अनुगमनमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख भेषराज खत्री, इलाका प्रशासन कार्यालयका शाखा अधिकृत राजेन्द्र प्रसाद भुर्तेल, इलाका प्रहरी कार्यालय ऐसेलुखर्कका प्रहरुी सहायक निरिक्षक खगेन्द्र राई, उद्योग वाणिज्य संघका सचिव कृष्ण राजभण्डारी तथा संञ्चारकर्मी हरुको उपस्थिित रहेको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।