सोलुखुम्बु – सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा सञ्चालित जलवायु परिवर्तन अनुकुलन तथा न्युनिकरण सोलुवाट्री परियोजनाको अनुगमन मुल्याङ्न सम्पन्न भएको छ । आज विहिबार गाउँपालिका अध्यक्ष धनजन राई, उपाध्यक्ष बिना राईसहितका जनप्रतिनिधि र परियोजनाका प्रतिनिधीको टोलीले परियेजनाको अनुगमन गरेको हो ।
गाउँपालिकामा संचालित एआइएन लग्जेम्बर्गको आर्थिक सहयोग ग्रामिण विकास तथा काभ्रेपलाञ्चोकको प्राविधिक सहयोग नेचासल्यान गाउँपालिकाको सहयोग तथा समन्वयमा संचालित जल वायुपरिवर्तन अनुुकुलन तथा न्यनिकरण सोलुवाट्री परियोजनाको समाज कल्याण परिषदद्धारा अनुुगमन मुल्यांकन भएको छ ।
अनुगमनकासँगै परियोजनाको सन्दर्भमा पालिका स्रतीय छलफल तथा अन्र्तक्रिया समेत गरिएको छ । अन्तकृया कार्यक्रममा संस्थद्वारा सञ्चालित योजना तथा कार्यक्रमहरु सरोकारवालाहरुको आपसी समन्वयमा गुणस्तरीय तथा प्रभावकारी ढंगबाट सम्पन्न भएको बताइएको छ । साथै परियोजनाको अवधि थप गर्नुपर्ने महशुस भएकाले पालिका जनप्रतिनिधीहरुले कल्याण परिषदसँग अवधि थप गर्न सहयोगी भुमिका निर्वाह गर्न अनुरोध गरेका छन् ।
समाज कल्याण परिषदले योजनको स्थलगत अनुुगमन गरि स्थानियसँग समेत अन्तक्र्रिया छलफल गरेका थिए । उक्त छलफलमा स्थानीयवासीहरुले परियोजना एकदमै उल्लेखनीय भएको र जलवायु अनुुकुलमा पनि केहि परिवर्तन भएको महसुुस गरेका छन् । यस्तै परियोजना सञ्चालन भएपछि अन्य कृषि, वृक्षरोपण, पोखरी पुर्नभरण, कृषि पाठ्शाला गोठ सुधार लगातका क्षेत्रमा भएका काम पनि सकरात्मक भएको, सामाजिक, आर्थिक रुपमा सहयोग पुु¥यएको स्थानीयले प्रतिकृया दिएका छन् ।
स्थानीयले पनि परियोजना अवधी थपको जोडदार रुपमा माग गरेको सहकर्मी धन कुमार ढुंगेलले जानकारी दिनुभयो । अन्तकृया कार्यक्रममा नेचासल्यान गाउँपालिका अध्यक्ष .राई, उपाध्यक्ष बिना राई, वडा नम्बर ३ का वडा अध्यक्ष सिताराम भट्टराई वडा नम्बर ४ का अध्यक्ष इन्द्र बहादुर राई (शान्त), गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरेल, परियोजना व्यवस्थापक एआरडिसिसि प्रोजेक्टका भिमराज राई, कार्यक्रम विज्ञ गोविन्द सुनार, समाज कल्याण परिषदका सहायक निर्देशक चित्र बहादुर थापा, ग्रामिण विकास संस्थाका कोषाध्यक्ष खडानन्द गौतम, फिल्ड संयोजक सोलु वाट्रीका ओम प्रकाश चौधरी तथा अन्य कर्मचारी विच नेचासल्यान गाउँपालिकामा संचालन भएका कार्यक्रमको अन्तक्रिया तथा छलफल भएको हो ।