साेलुखुम्बु – जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले डिजिटल गुनासो पेटिका सञ्चालनमा ल्याएको छ । कार्यालयले डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्ने हेतुले शुक्रबारबाट कार्यालयमा “क्युआर कोड प्रविधिमा आधारित नागरिक गुनासो व्यवस्थापनलाई सहजिकरणको लागी डिजिटल गुनासो पेटिका” सञ्चालनमा ल्याएको हो ।
तालुक कोशी प्रदेश प्रकरी कार्यालयको सुरक्षा सुनिश्चीतता अभियान अन्तर्गत कार्यालयले यस्तो प्रविधि कार्यालयमा स्थापना गरेको कार्यालयले जनाएको छ । डिजिटल कम्प्लेन बक्स अर्थात डिजिटल गुनासो पेटिका जडान भएपछि नागरिकको गुनासोलाइ सहज, सुरक्षित र गोप्य रुपमा प्राप्त गरि व्यवस्थापनलाई प्रभावकारी बनाउन मद्धत पुग्ने विश्वास लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल कुमार मिश्रले जानकारी दिनुभयो ।
यो सेवा सुरु भएपछि नगरिकले प्रहरीले गरेको कार्यमा तथा सेवाग्राहीलाई गर्ने व्यवहारका सवालमा चित्त नबुझेमा गुनासो गर्न सक्ने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
नागरिकको सुरक्षाका लागी खटिएको सुरक्षा निकायले आफ्नै संगठन भित्रको समस्यालाई पहिचान गरि आवश्यक सुधार गर्नुपर्ने आवश्यक्ता लाई मध्यनजर गर्दै प्रदेश कार्यालयले यस्तो सेवा सुचारु गरेको उहाँको भनाई छ । तत्काललाई गुनासो आउने स्थानहरु जस्तै जिल्ला प्रहरी कार्यालय तथा प्रहरी का आंगिक इकाइहरुमा, स्थानीय तहका कार्यालयहरु, सार्वजनिक स्थल तथा कार्यालयहरुमा क्युआर कोड टासिने जनाइएको छ ।
डिजिटल गुनासो पेटिका सेवा सञ्चालन गरेपछि गुनासोका लगी हुने कागजि झण्झटबाट सेवाग्रही मुक्तहुने कार्यालयका निमित्त प्रमुख तथा प्हरी निरिक्षक मिश्रले बताउनुभयो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेशका १४ ओटै जिल्लामा यो सेवा बिहिबारबाट सुरु गरेको हो । नागरिकले डिजिटल माध्यमबाटै उजुरि गर्न सक्ने पनि व्यवस्था रहेको प्रहरीको भनाई छ ।
अहिले सञ्चालनमा आएको क्युआर सेवामा गुनासो राख्न सकिने भएपनि नेपाल प्रहरीको मोवाइल एप्लीकेसन मार्फत उजुरी गर्न सकिने व्इवस्था पहिलादेखिनै सञ्चलनमा रहेको बताइएको छ ।