खोटाङको जन्तेढुंगामा पाँच वर्षीया बालिका बलात्कृत

  हिमाल समाचार
217 Shares

सोलुखुम्बु – खोटाङमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छन् । शनिबार घर नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला जिल्लाको जन्तेढुंगा गाउँपालिकाकी एक बालिका बलात्कृत भएको पारिवारिक श्रोतले जनाएको छ ।

मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका ६ दिप्लुङका ट्वाँके माईला भनिने २४ वर्षीय राजु राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक टिका बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनापछि भागेर लुकिछिपि बसिरहेको अवस्थामा अभियुक्तलाई शनिबार राती पक्राउ गरिएको हो । बलात्कृत बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।

बालिकालाई योनीबाट निरन्तर रक्तश्राव भइरहेको अवस्थामा उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको थियो ।  प्राथमिक स्वास्थ्य केन्द्रले प्राथमिक उपचार गरेर अन्यत्र रेफर गरेपछि बालिकालाई रातारात उदयपुर लगिएको दिप्लुङका वडाध्यक्ष सागर राईले बताउनुभयो ।

बालिका चिच्याएपछि आफन्तले घटनाका बारेमा जानकारी पाएका थिए । अस्पताल पु¥याएपछि बालिकाको रक्तश्राव रोकिएको प्रहरीले जनाएको छ । अभियुक्त पक्राउका लागि इलाका प्रहरी कार्यालय चिसापानीबाट असईको नेतृत्वमा प्रहरी खटिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार