सोलुखुम्बु – सगरमाथा क्षेत्र भ्रमण उद्धार गरिएका एक विदेशीको उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्वीजरल्याण्डका ६५ वर्षीय हार्ल्ड फ्रान्ज इगोन रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी प्रमुख डिएसपी दिपक श्रेष्ठका अनुसार खुम्बु भ्रमण्मा आएका इगोन गत शुक्रबार लुक्लादेखि नाम्चे जाने क्रममा अचानक मलद्वारबाट रगत बग्ने समस्याका कारण बाटैमा सिकिस्त बनेका थिए ।
हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौको हेम्स अस्पताल पुर्याउएका उहाँको उपचारकै क्रममा सोमबार मृत्यु भएको बताइएको छ ।