सोलुखुम्बु – सोलुखुम्बुको साल्मेदेखि फाप्लुसम्मको सडक रिकालो पत्रे (प्रिमिक्स) हुने भएको छ । सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाको लगानीमा करिब १४ किलोमिटर सडक पुनः कालोपत्रे गरिने भएको हो ।
करिब ४ करोड ५० लाख रुपैयाँको उक्त ठेक्का सिन्धुली विल्डर्सले प्राप्त गरेको छ । जसमा कालोपत्रे, आरसीसी डलान, ड्रेन लगायतका कार्य हुने बताइएको छ ।
सो काम केही दिन भित्रमा सुरु गर्ने तयारी भईरहेको निर्माण कम्पनीले जनाएको छ । आगामी जेठसम्ममा काम सक्नुपर्ने समय सिमा पाएको उक्त कालोपत्रे २ सेन्टिमिटरको हुने सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुंगाले जनाएको छ ।