चिशंखुगढी आखाँ केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा आखाँ प्रतिष्ठानबीच सम्झौता

  सुस्मा बस्नेत
175 Shares

ओखलढुङगाको चिशंखुगढी गाउँपालिका र तिलगंगा आखा प्रतिष्ठानबीच सम्झौता भएको छ । चिशंखुगढी आखाँ केन्द सञ्चालनका लागि आज सम्झौता गरिएको हो।

सो केन्द्र सञ्चालनका लागि गाउँपालिका अध्यक्ष निशान्त शर्मा र तिलगंगा आँखा प्रतिष्ठानका बाह्य आखाँ कार्यक्रमका व्यवस्थापक मोहन कृष्ण श्रेष्ठबीच सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।

सम्झौतापत्रमा आँखा केन्द्र सञ्चालनका लागि गाउँपालिकाले स्वास्थ्यकर्मीका लागि पारश्रमिक रकम उपलब्ध गराउनुपर्ने, सञ्चालन केन्द्रका लागि भौतिक पूर्वाधारको व्यवस्था गर्नुपर्ने, सेवा सञ्चालनका लागि उपयुक्त वातावरण तयार पार्नुपर्ने, वार्षिकरुपमा बजेट विनियोजन गर्नुपर्ने, आवश्यकता अनुरुपको प्राविधिक जनशक्ति उपलव्ध गराउनुपर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

चिशंखुगढी आखाँ केन्द सञ्चालनका लागि तिलगंगा आखा प्रतिष्ठानले पहिलो वर्ष ५० प्रतिशत दोस्रो वर्ष ३० प्रतिशत र तेस्रो वर्ष २० प्रतिशत सहयोग गर्ने जनाएको छ ।

आँखा केन्द्रमा आगामी दुई महिनाभित्र आँखा जाँच, चश्मा जाँच, सामान्य शल्यक्रिया र औषधिसहितको सुविधा उपलब्ध गराइ सञ्चालनमा ल्याइने पालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार