सोलुखुम्बुमा अलैँची उत्पादनमा गिरावट

  सुस्मा बस्नेत
301 Shares

सोलुखुम्बु- हिमाली जिल्ला सोलुखुम्बुमा अलैँची उत्पादनमा यसवर्ष कमि आएको छ ।गत वर्षको तुलनामा यस वर्ष अलैँची उत्पादनमा १ दशमलव ९२ मेट्रिक टनले गिरावट आएको हो ।

उत्पादित अलैँचीको भाउ ओरालो लाग्दा अलैँची कृषकहरुले अलैची मासेर अन्य बाली लगाएका कारण उत्पादनमा कमी आएको कृषि ज्ञानकेन्द्र सोलुखुम्बुका सुचना अधिकारी कुल बहादुर राईले बताउनु भयो ।

उहाका अनुसार अलैँचीमा बगैंचामा राम्रो हेरचाह नहुदा रोग किरा लागेका कारण विरुवा नष्ट भई उत्पादनमा कमी आएको हो । जिल्लामा गत वर्ष १ सय ३६ दशमलव ४२ मेट्रिक टन अलैँची उत्पादन भएको थियो भने उत्पादकत्व ० दशमलव ८८ मेट्रिक टन पर हेक्टर रहेको छ ।

यसवर्ष १ सय ३४ दशमलव ५० मेट्रिक टन मात्रै अलैंची उत्पादन भएको छ भने उत्पादकत्व ० दशमलव ८५ मेट्रिक टन पर हेक्टर भएको सोलुखुम्बुको कृषि ज्ञानकेन्द्र कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार गत वर्ष जिल्लामा एक सय ५८ हेक्टर जमिनमा अलैँची खेती भएको थियो । यस वर्ष सोहि हेक्टर जमिनमा अलैँची खेती गरिएको छ ।

व्यवसायिक रुपमा खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंचीको मूल्यमा गिरावट आएसँगै उत्पादनमा समेत कमि आएको हो । जिल्लाको लिखुपिके,सोताङ, महाकुलुङ, माप्यदुधकोशि र नेचासल्यान क्षेत्रमा अलैची खेती हुदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार