राष्ट्रिय सभा चुनाव : कोशीमा कांग्रेसका सिटौला र एमालेकी कोइराला विजयी

  हिमाल समाचार
245 Shares

सोलुखुम्बु – राष्ट्रिय सभा चुनावमा कांग्रेसबाट कोशीमा उम्मेदवार बनेका कृष्ण सिटौला विजयी हुनुभएको छ । सत्ता गठबनन्धबाटै उम्मेदवार बन्नुभएका माओवादी केन्द्रकी चम्पा कार्की पराजित हुँदा कांग्रेसबाट उम्मेदवार बन्नुभएका सिटौला भने विजयी हुनुभएको हो ।

पछिल्ला दुई २०७५ र २०७९ का प्रतिनिधिसभामा लगातार झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित सिटौलाले यसपटक संसद् प्रवेश गर्नका लागि राष्ट्रिय सभाको बाटो रोज्नुभएको थियो ।

उहाँले एमालेको समर्थन रहेका राप्रपा उम्मेदवार उद्धव पौडेललाई पराजित गर्नुभयो । कोशी प्रदेश महिला क्लस्टरबाट एमालेकी रूक्मिणी कोइराला निर्वाचित हुनुभएको छ ।

उहाँले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो । सत्ता गठबन्धनमा मत क्रस हुँदा एमाले उम्मेदवारले जित्नुभएको हो । एमालेकी कोइरालले ५ हजार ८६ मत प्राप्त गरेको र माओवादीकी कार्कीले ४ हजार ९ सय २२ मत प्राप्त गरेको बताइएको छ ।

कोशीमा एमाले र राप्रपाबीच तालमेल भएको थियो कोशीमा अन्य समूहबाट राप्रपा र महिलाबाट एमालेलाई सघाउने सहमति भएको थियो । कोशीमा कुल मतभार १० हजार १३५ थियो । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ थियो भने एमाले र राप्रपाको मत ४ हजार ६०४ छ । स्वतन्त्रको मत ५७ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार