नेपाली कांग्रेस सोलुखुम्बुमा ११ महासमिति समिति सदस्य निर्विरोध निर्वाचित

  हिमाल समाचार
791 Shares

सोलुखुम्बु – नेपाली कांग्रेस सोलुखुम्बुले ११ जना महासमिति सदस्य निर्विरोध निर्वाचित गरेको छ । पार्टीको जिल्ला निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज सोमबार ११ जना महासमिति सदस्यहरु निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ ।

निर्वाचित हुनेहरुमा प्रभुराम बस्नेत, नाम्गेल जाङ्बु शेर्पा, नविन थापा, मनोज खड्का, र अशोक कुमार झा रहेका छन् । यस्तै गान्धी माया तामाङ, गीता गुरुङ, प्रकाश कुमार बस्नेत, नातिकाजी गुरुङ, पासाङ शेर्पा र फूर्किमा शेर्पा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिले केन्द्रीय निर्वाचन समितिलाई काटेको पत्रमा उल्लेख छ ।

पार्टीको जिल्ला निर्वाचन समितिको पत्र चलानी संख्या १ बमोजिम माघ २० गतेको पत्राचार अनुसार उहाँहरु निर्विरोध हुनुभएको पार्टी सभापति नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार