चट्याङले सोलुको पन्चनमा माउ भैंसी मर्यो, एक व्यक्ति घाइते

सोलुखुम्बु : आज बिहिवार साझ वर्षासहित परेको चट्याङका कारण सोलुखुम्बुमा एक माउ भैंसी मरेको छ भने एक जना घाइते भएका छन् ।

साझ करिब ६:३० बजे परेको चट्याङले थुलुङ दुधकोशी गाउँपालिका-३ पन्चनका ओम बहादुर विश्वकर्माको एक माउ पाडो भैंसी घटनास्थल मै मरेको स्थानीय केशव प्रसाद कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दूध दुदै गर्दा परेको चट्याङले धनी ओम बहादुर घाइते हुनुभएको छ । बेहोस हुनुभएका विश्वकर्माको अहिले सामान्य होस खुलेको बताइएको छ ।

घटनास्थलमा प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार