सोलुखुम्बु ः हिमाली जिल्ला सोलुखुम्बुमा कुरीति तथा लागू औषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आज शुक्रबार जिल्ला प्रशासन कार्यलय सोलुखुम्बुले सल्लेरीमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी देवि पाण्डे खत्रीले जिल्लामा लागु औषध सेवनले सेवनगर्ने व्यक्तिसंगै सिङ्गो समाजलाई असर पुग्ने गरेकोले यसबाट सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले लागु औषध तथा हिंसात्मक गतिविधि न्यूनीकरण गर्नका लागि आफूले गर्नुपर्ने सहयोगमा कुनै कमि नहुने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरी प्रमुख नायव उपरिक्षक (डिएसपी) दिपक श्रेष्ठले कुरीति र लागू औषध नियन्त्रणका लागि सरोकारवाला सबैको जिम्मेवारी रहेको र यसका लागि सबै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
उहाँले कार्यक्रममा एक सचेतनामूलम भिडियो प्रस्तुत गर्दै लागू औषध सेवन गर्दा त्यसबाट पर्ने असर, लागू औषधको उपलब्धता, कारबाही र सजाय सम्बन्धी सबैमा जानकारी गराउनु आजको आवश्यकता भएको जानकारी गराउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला सरकारी वकील कार्यलय सोलुम्बुका जिल्ला न्यायाधिवक्ता बुद्धिलाल श्रेष्ठले नेपाली समाजमा रहेका सामाजिक कुसंस्कार र कुरीतिको पहिचान गर्दै सबैले आ–आफ्नो ठाउँबाट कुप्रथाको न्यूनीकरणमा जोड दिनुपर्ने बताउनु भएको छ ।
उहाँले छाउपडी, दाइजो प्रथा, बालबिवाह लगायतका कु–प्रथाको कारणले पनि समाजमा हिंसा बढ्दै गएकोले यता तर्फ पनि सरोकारवालाले ध्यान दिएर यस्ता कुप्रथा विरुद्ध अभियान चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा विभिन्न सरकारी कार्यलयका कार्यालय प्रमुख, कर्मचारीहरु, विभिन्न संघ सस्थामा आवद्ध व्यक्तिहरु, वडा अध्यक्षहरु, महिला अधिकारकर्मीहरु, शिक्षक, पत्रकार लगायत सरोकारवालाहरुको उपस्तिथि रहेकोे थियो ।