सोलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर ५ स्थित स्वास्थ्य चौकी दुबेकोललाई जग्गा प्रदान भएको छ । स्वास्थ्य चौकी दुबेकोलको आयोजनामा एक कार्यक्रमकाबिच स्वगीेय मृतकहरुको नाममा ३ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा आईतवार उपलव्ध भएको हो ।
स्वर्गीय बाजे राजमान गुरुङ, बजै कलामाया, बुबा धन बहादुर, र आमा नरमाया गुरुङको स्मृतिमा छोरा बुहारीहरु अम्मर बहादुर गुरुङ, लंक बहादुर, दुर्गा कुमारी, कालुराम, सावित्री,उत्तर कुमार,सलिना र स्वर्गीय पदम बहादुर गुरुङका श्रीमती तुलसा गुरुङले स्वास्थ्य चौकीलाई उक्त जग्गा हस्तान्तरण गर्नुभएको छ ।
कार्यक्रममा स्वास्थ्य चौकी दुबेकोलका संचालक समितिका अध्यक्ष मन कुमार गुरुङको सभापतित्व तथा कोशी प्रदेश सभा सदस्य पाँचकर्ण राई (पिकेको) प्रमुख आतिथ्यता र ५ नम्बर वडा अध्यक्ष, लगायतले जग्गा दाताहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ सम्मान समेत गरिएको सहकर्मीे प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।