खुम्बुमा एभरेष्ट ट्रेकिङ ट्रेलको पदमार्ग निर्माण कार्य सुरु

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बुमा एभरेष्ट ट्रेकिङ ट्रेल पदमार्ग निर्माण कार्य सुरु भएको छ । उक्त पदमार्ग अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिका –३ रोखम्बाबाट फाक्दिङ जाने पर्यटकीय पदमार्ग निर्माण कार्य सुरु भएको गाउँपालिकाले जनाएको छ ।

उक्त योजनाको लागि खुम्बु पासाङल्हामु गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ मा १० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ । सो योजना फाक्दिङ टोल विकास संस्थामार्फत संचालन भईरहेको जनाइएको छ ।

चिसो विस्तारै हट्न थालेसँगै काम सुचारु गरिएको टोल विकास संस्थाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार