सोलुखुम्बु – सगरमाथा क्षेत्रबाट कोशी प्रदेश राजधानी बिराटनगर माउन्टेन उडान भर्ने बताउनुभएको छ ।
आज बिहीवार हिमाल एफएमसग कुरा गर्दै मुख्यमन्त्री कार्कीले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसग जोड्न्न छिट्टै बिराटनगर- लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताउनुभयो ।
विश्वको शिर सगरमाथा क्षेत्र राज्यबाट उपेक्षामा परेको जस्तो देखिए पनि आफू मुख्यमन्त्री भएपछि यसलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो,`खुम्बु क्षेत्र संघीय राजधानीसग नजिक छ तर प्रदेशसग बिरानो भयो, यसलाई समाधान गर्न हामी गम्भीर छौ, केही महिना भित्रैमा बिराटनगर- लुक्ला जहाज उडान गर्छौ, यसमा म आफै लागि परेको छु ।´
सगरमाथा क्षेत्रलाई उपयोग गरेपनी यसको सम्बर्द्धन गर्न भने राज्यले नसकेको उहाँले स्वीकार गर्नुभयो ।
खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारीख सगरमाथा दिवस मनाउन आफुसहितको टिम सगरमाथा क्षेत्र पुग्ने समेत मुख्यमन्त्री कार्कीले बताउनुभयो ।
आफ्नो प्रदेशमा अवस्थित विश्वको शिरलाई पर्बर्द्दन गर्न प्रदेश सरकारले कतिपनि कन्जुस्याइँ नगर्ने उहाँको भनाइ छ ।