दुधकोशीमा बाढी आएपछि भग्नावशेष बनेको सोलुखुम्बुको दिप्लिघाट पुल निर्माण कार्य सुरु भएको छ । करिव ६ महिनापछि पुल निर्माणको काम गत मंगलवारबाट सुरु भएको हो ।
आर्थिक वर्ष २०८०/८१ को भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयल महाकुलुङ र सोताङ गाउँपालिकाको २५/२५ प्रतिशत गौरी संखर हाईड्रोपावरको ५० प्रतिशत आर्थिक सहयोगमा पुल निर्माण कार्य सुरु गरिएको जनाइएको छ ।
थुलुङ दुधकोशी गाउँपालिका ८ देउसा र सोताङ गाउँपालिका १ खोर्दाको सिमानामा रहेको भग्नावशेष बेलिव्रीज बनाउने काम अघि बढाउन सुरु गरिएको सोताङ गाउँपालिका वडा नम्वर १ का वडा अधयक्ष जंगबहादुर गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालको अवस्थामा खोला फिजाउने काम तिब्र गतिमा भैरहेको छ । उक्त पुल निर्माण काम गाउँपालिका र हाईड्रोले तत्काल सक्ने गरि सुरु गरेको हो ।
पुल भत्किएपछि सोलुखुम्बुको २ वटा स्थानिय तह सडक सञ्जालबाट छुट्टिएका थिए । पुल बन्न सुरु भएपछि कोशी पारिका २ पालिकाका २२ हजार नागरिकलाई जिल्ला भित्र र बाहिरको आवतजावतमा सहजता पुग्ने अध्यक्ष गुरुङले बताउनुभयो ।