महाकुलङ बुङमा २ दिने आलु चिप्स बनाउने तालिम सकियो

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलङ गाउँपालिका बुङमा २ दिने आलु चिप्स बनाउने तालिम सम्पन्न भएको छ । जी फाउण्डेशनको आर्थिक प्राबिधिक सहयोग तथा पहाडी विकास संरक्षण नेपाल संस्थाको आयोजनामा हिजो बुधवारबाट सुरु भएको तालिम आज बिहिवार सकिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को मेसिन खरिद र प्राबिधिक सहयोग गरि जम्मा ३ लाख ५० हजार बजेट र पहाडी विकास संरक्षण नेपाल संस्थाको आयोजनामा सञ्चालन भएको गाउँपालिकाकाले जनाएको छ ।

जी फाउण्डेशन का कृषि प्राबिधिक ईश्वर कुमार बस्नेतका अनुसार यस कार्यक्रमको उदेश्य कृषकहरुको आय स्तरमामा वृद्धि गर्न , स्थानीय स्तरमा फलेको आलुको चिप्स तयारी गरि बजारीकरण गर्न, प्राङगरिक चिप्सलाई प्राथमिकता दिने लगायत यस कार्यक्रमको उदेश्य रहेको छ ।

प्रशिक्षण कार्यक्रममा मिलिजुली कृषक समुहबाट १२, पारुहाङ कृषक समुहबाट ७, सुम्निमा कृषक समुहबाट ७ गरि जम्मा २६ जनालाई तालिम दिईएको मिलिजुलि कृषक समुहका सचिव सुर्तकृति राईले बताउनुभयो ।

उक्त तालिममा विभिन्न बिधिबाट सहजिकरण गर्नुभएको फाउण्डेशनका अनुगमन तथा मुल्यांकन सहायक प्रेम कुमार बस्नेतले जानकारी दिनुभएको छ ।

कार्यत्रक्रममा पहाडी बिकास तथा संरक्षण नेपाल संस्थाका लेखा अधिकृत सुमन कुलुङ, कृषक समुहका पदाधिकारी तथा प्रतिनिधि लगायत ३५ जनाको उपस्थितिमा तालिम सम्पन्न भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार