प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन

प्रदेशको नाम खारेज गर्न माग गर्दै विरोध प्रदर्शन

सोलुखुम्बु– कोसी प्रदेश नामाकंन भएको एक वर्ष पुगेको दिन बिहीबार पहिचानपक्षधरहरूले सोलुखुम्बुको सल्लेरीमा विरोध प्रदर्शन गरेका छन् । २०७९ फागुन १७ गते प्रदेश नम्बर १ को नाम कोसी प्रदेश नामाकंन गरिएको भन्दै त्यसलाई कालो दिनको संज्ञा दिँदै विरोध प्रदर्शन गरेका हुन् ।

No description available.

पहिचानको आधारमा कोसी प्रदेशलाई पुनः नामाकंन गर्नु पर्ने माग राख्दै प्रदेश नं. १ पुनः नामाङकरण संयुक्त संघर्स समिति सोलुखुम्बुले प्रदर्शन गरेको हो ।

सल्लेरीको आवाडाँडा कुनाबाट सूरुभएको जुलुस तीनकुने हुँदै बसन्तबजार पुगेर जिल्ला प्रशासन कार्यालयको गेटमा कोणसभामा परिणत भएको थियो । कालो झण्डा र नो कोशी लेखिएको प्लेकार्डसहित निकालिएको ¥यालिमा सहभागी प्रदर्शनकारीले पहिचानविरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गरलगायतका नारा लगाउँदै सल्लेरी बजार परिक्रमा गरेको थियो । प्रदेश नम्बर १ पुनःनामाकरण संघर्ष समिति सोलुखुम्बुका संयोजक राम संघर्ष किरातीले पहिचानका आधारमा नामाङकन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

No description available.

प्रदर्शनमा नेपाल आदिवासी जनजाति महासंघ तथा जिल्लाका विभिन्न जातिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार