सोलुमा खाद्य कार्यालयको १५ हजार वर्गमिटर जग्गा उपयोगविहीन, कार्यालय भाडामा

सोलुखुम्बु – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सोलुखुम्बुको १५ हजार वर्गमिटर जग्गा वर्षौदेखि उपभोगविहीन भएको छ । कार्यालयको नाममा जिल्लाको विभिन्न स्थानमा रहेको १५ हजार ५ सय ४६ वर्गमिटर जग्गा वर्षौदेखि उपभोगविहीन बनेको हो ।

कार्यालयका निमित्त प्रमुख सिद्धिनाथ मिश्रका अनुसार सोताङ गाउँपालिका–३ मा १ सय २० वर्गमिटर, सोलुदुधकुण्ड नगरपालिका– ७ र ९ मा १२ हजार ७ सय ९१ वर्गमिटर रहेको छ ।

यस्तै सोलुदुधकुण्ड नगरपालिका–५ सल्लेरीमा जिर्ण कार्यालय भवन समेत रहेको स्थानमा २ हजार ६ सय २५ वर्गमिटर जग्गा रहेका छन् । उक्त जग्गाहरु वर्षौदेखि उपभोगविहीन अवस्थामा रहेको उहाँले बताउनुभयो ।

तत्कालित खाद्य संस्था कार्यालय हुँदा खरिद गरिएको तथा संस्थालाई प्राप्त जग्गाहरु उपभोगमा आउन नसकेको निमित्त प्रमुख मिश्रको भनाइ छ । कम्पनीको नाममा जग्गा भएको कागजात आफुसँग रहेपनि कुन स्थानमा कस्तो अवस्थामा जग्गा रहेको छ भन्ने बारे आफु जानकार नरहेको उहाँले बताउनुभयो ।

यद्यपि कम्पनीको सेवा भने भाडाको भवनबाट प्रवाह भइरहेको छ । आफ्नै भवन जिर्ण भएका कारण वर्षौदेखि भाडाको भवनबाट सेवा दिइरहेको उहाँको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार