महाकुलुङमा सामुदायिक लघुबित्त संस्थाद्वारा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न

सोलुखुम्बु – सोलुखुम्बुको महाकुलुङमा सामुदायिक लघुबित्त संस्थाले बित्तिय साक्षरता एक दिने कार्यक्रम सम्पन्न गरेको छ। आज शुक्रवार गाउँपालिकाको सभाहलमा सामुदायिक लघुवित्त वित्तीय संस्था शाखा सोताङको आर्थिक तथा प्राबिधिक सहयोग र नेले,सोताङ शाखा कार्यालयको आयोजनामा सम्पन्न भएको हो ।

पालिका प्रमुख सुर्य बहादुर कुलुङले पानसमा बत्ती बालेर उक्त वित्तीय साक्षरता कार्यक्रम उद्घाटन गर्दे महाकुलुङमा पनि लघुवित्तिय संस्था आवश्यक रहेको र पालिकावासी सबै नागरिकले सकारात्मक हिसावमा बचत लगानी सिक्नुपर्नेमा जिकिर गनुभयो ।

यस कार्यक्रमको उदेश्य आय आर्जन गर्न, साक्षरताको बिकास गर्न, आजको बचत भोलीको भबिष्य, बचत ऋण बिमा शेयर बैक सम्बन्धीको आधारभुत ज्ञान् वित्तीय साक्षरता, ३८ प्रतिशत सहभागी प्रशिक्षण दिलाउनुपर्ने लगायत यस कार्यक्रमको मुख्य उदेश्य रहेको संस्था शाखा प्रमुख थिर प्रसाद कट्टेलले बताउनुभयो ।

कार्यक्रम सहजिकण गराउदै केन्द्रिय कार्यालय अनुगमन बिभागिय प्रमुख सुमन दनुवारले आम्दानी कसरी बनाउने, बचत ऋणको कारोबार सिकाउने,साक्षी जमानी संस्था र लघुवित्तीय कार्याक्रम बारे जानकारी गराउदै सहजीकरण गराउनभएको थियो ।

पालिका उपप्रमुख विपना कुलुङ, संस्था कम्पनी सचिब शङ्कर गुरुङ, निमित्त प्रमुख कार्यकारी अधिकृत बेलुमाया मगर, सोताङ शाखा कर्मचारी बिष्णु कुमार राई, सुनिता बस्नेत, सुरक्षाकर्मी लगायत ५० जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार