थुलुङ दुधकोशीमा दोस्रो गाउँसभाको चौथों अधिवेशन सम्पन्न

सोलुखुम्बु – जिल्लाको थुलुङ दुधकोशी गाउँपालिमा दोस्रो गाउँसभाको चौथों अधिवेशन सम्पन्न भएको छ । आज शुक्रबार गाउँपालिकाको सभाहलमा उक्त अधिवेशन सम्पन्न भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

अधिवेशनमा यस अघि कार्यपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ । गाउँपालिकामा हरेक महिना कार्यपालिका बैठक बस्ने गरेको छ ।उक्त बैठकले गरेका निर्णयहरु गाउँसभाबाट अनुमोदन गर्ने गरिन्छ । गाउँपालिका अध्यक्ष असिम राईले कार्यसूची अनुसार अधिवेशन सन्चालन गरी सम्पन्न गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार