भदौरेका ४४ घरधुरीलाई वडा कार्यालय दुबेकोलद्वारा हिलट्याङकी वितरण

सोलुखुम्बु – खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर ५ ले भदौरेबासीलाई ५ सय लिटर बरावरको हिलट्याङकी वितरण गरेको छ । वडा कार्यलयले आर्थिक वर्ष २०८०/८१ को बजेटबाट दुबेकोलको साविक वडा नम्बर ६ भदौरेको ४४ घरलाई पानी सन्चयका लागी शुक्रवार कालिका आधारभुत विद्यालय चिण्डे भदौरेको प्राङ्गणमा वितरण गरेको हो ।

रावाबेसी गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा अध्यक्ष मन कुमार गुरुङ ,कार्यपालिका सदस्यहरु र वडा सदस्यहरुद्वारा वितरण गरिएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

वडा अध्यक्ष मनकुमार गुरुङका अनुसार खानेपानीको समस्या रहेको टोलबासीले हाल ढेडुखोप र सिलाजी मुहानको पानी पिउदै आएका छन् । चैत बैशाखको समयमा पानीको समस्या झेल्नुपर्ने भएकाले उक्त समस्यालाई मध्यनजर गर्दै टोलबासीको मागअनुसार पानी सन्चय गर्नका लागि हिलटेक ट्याङकी वितरण गरिएको हो ।

वडाको भदौरे, रेग्मी लगायतको केहि टोलबासीहरुले पानीको समस्या झेल्नुपरेको छ । थप समस्या समाधानको लागि रावाखोलाबाट लिफ्टटिङ्गको काम अन्तिम चरणमा पुगिसकेको गुरुङले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार