सोलुदुधकुण्डले विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउदै

 

सोलुखुम्बु – १ सय १४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सोलुदुधकृण्ड नगरपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको छ । अन्तराष्ट्रिय नारी दिवश ईन्भेस्ट इन हुमेन एक्सेलेरेट प्रोसेस तथा महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने राष्ट्रिय नाराका साथ आगमी फागुन २५ गते जनजागृति आधारभुत विद्यालय सल्लेरीमा मनाउन लागिएको हो ।

कार्यक्रमहरुमा विभिन्न सास्कृतिक प्रतियोगिता हुने नगरपालिकाले जनाएको छ । जसमा नृत्य, बेलुन डान्स, डोरी तान्ने खेल लगायतका प्रतियोगिता सञ्चालन हुने कार्यालयले जनाएको छ ।

विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार