राष्ट्रिय परिचय पत्रका लागी जिल्ला प्रशासनमा झण्डै ३ हजार आवेदन दर्ता

सोलुखुम्बु – राष्ट्रिय परिचय पत्रका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा झण्डै ३ हजारले आवेदन दर्ता गराएका छन् । जिल्लाका ८ स्थानीय तहका नागरिकहरुले आर्थिक वर्षको पहिलो ७ महिनामा २ हजार ९ सय ५० परिचय पत्रको आवेदन दर्ता गराएका हुन् ।

जसमा श्रावण महिनामा ५ सय ९८ भदौमा ३ सय ९२, असोजमा ३ सय १६, कार्तिकमा ३ सय ५६, मंसिरमा ४ सय ८८, पुषमा ४ सय ८ र माघमा ३ सय ९२ जनाले राष्ट्रिय परिचय पत्र दर्ता गराएका छन् । पुरुष १ हजार ६ सय ५१ र महिला १ हजार २ सय ९९ जनाले दर्ता गराएको जिल्ला प्रशासन कार्यालयको तथ्याङकमा छ ।

कार्यालयको तथ्याङक अनुसार आर्थिक वर्षमा २ हजार ८ सय २९ जनालाई परिचय पत्र काड वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरोज अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार ८ सय १ पुरुष र १ हजार २८ जना महिलाले राष्ट्रिय परिचय पत्रको काड लिएको अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार