एक महिने आधारभूत व्याडमिन्टन तालिम सम्पन्न

सोलुखुम्बु– सोलुखुम्बुको सल्लेरीमा एक महिने आधारभूत व्याडमिन्टन तालिम सम्पन्न भएको छ । सोलुखुम्बु जिल्ला व्याडमिन्टन संघको आयोजनामा गत माघ १३ बाट सुरु भएको तालिमको आज एक कार्यक्रमकाबीच समापन गरिएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ एक महिना सम्म संचालन गरिएको तालिमकमा जिल्ला भित्रका ५ वर्षदेखि २० वर्ष सम्मका २५ जना छात्र तथा छात्रा खेलाडीहरुको सहभागिता रहेको थियो ।

तालिमका प्रशिक्षार्थीहरुलाई व्याडमिन्टन सम्बन्धिका आधारभूत ज्ञान सिप शिकाइएको सोलुखुम्बु जिल्ला व्याडमिन्टन संघका सचिब तथा प्रशिक्षक अर्जन श्रेष्ठले बताउनुभयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख गान्धिमाया तामाङले देशलाई विश्वमा चिनाउन र देश विकासमा खेलकुदको भुमिका ठूलो बताउनुभयो ।

यस्तै, जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्र थापा मगरले व्याडमिन्टन खेल पछिल्लो समय जिल्लामा निकैको रोजाई पर्दै आएको बताउनुभयो । यो खेल जुनसकै उमेर समूहले पनि खेल्न सक्ने र स्वास्थ्यका लागि पनि उतिकै राम्रो हुने रहेको उहाँले बताउनुभयो । साथै उहाँले यो खेलका विकास र विस्तारका लागि आफु सँधै सकरात्मक रहेको बताउनुभयो । कार्यक्रमका सभापति जिल्ला व्याडमिन्टन संघ उपाध्यक्ष तथा सोलुदुधकुण्ड नगरपालिका ५ का वडा अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पाले व्याडमिन्टन खेल विश्वभर चर्चित खेलभएको र यो पछिल्लो समय सोलुखुम्बु जिल्लामा पनि अधिकांस मानिसको मनमा बस्न थालेको बताउनुभयो । साथै उहाँले जिल्लामा व्याडमिन्टन खेललाई मनोरन्जनको रुपमा मात्र नभई यसलाई व्यावसायिक तवरले नै विकास गर्नुपर्ने भएको र यो तालिमले खेलमा चासो दिनेहरुलाई टेवा पुगेको बताउनुभयो ।

सोलुदुधकुण्ड नगरपालिका ५ मा रहेको कबडहलमा सम्पन्न कार्यक्रममा तालिममा सहभागिहरुबीच उमेर गतरुपमा आन्तरिक प्रतिस्पर्धा गराई उत्कृष्टहरुलाई पुरस्कृत तथा सम्मान समेत गरिएको थियो । कार्यक्रममा जिल्ला व्याडमिन्टन संघका पदाधिकारी, जनप्रतिनीधी, विभिन्न संघ संस्थाका प्रतिनीधी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार