खोटाङमा मोटरसाइकल र्दुघटनामा परी एक जनाको मृत्यु

सोलुखुम्बु ः खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १० अर्खौलेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । आज आइतबार दिउसो १० बजेको समयमा खार्पाबाट कटारीतर्फ जादै गरेको स ९ प १२१२ नम्बरको मोटरसाईकल बा.०१–००६ ख २४०२ नम्बरको टिप्परसगँ ठोकिदा मोटरसाइकल चालक हलेसी तुवाचुङ नगरपालिका ६ का बर्ष २० का टंकल राईको घटना स्थलमै ज्यान गएको हो ।

मृतकको सव पोष्टमार्टअमका लागि पठाइएको खोटाङका प्रहरी निरीक्षक एवंम् सूचना अधिकारी बेनु कार्कीले बताउनुभयो । घटनामा संलग्न २ जना टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइरहेको  अधिकारी कार्कीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार