सोलुखुम्बु – जिल्ला कारागार सोलुखुम्बुमा ४ दोब्बर बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या भएको छ । ५ महिला २० पुरुष गरी २५ जना क्षमता भएको कारागारमा हाल १०० जना कैदीबन्दी भएकाले व्यबस्थापनमा समस्या भएको कार्यालय प्रमुख केशव धामीले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षमता भन्दा बढी कैदीबन्दी हुदा कारागारलाई नै समाल्न गारो भएको उहाँको दुखेसो छ । कार्यालयमा पुरुष ८९ जना र महिला ११ जना कैदीबन्दी रहेको कार्यालयको तथ्याङकमा छ ।
कार्यालयको तथ्याङक अनुसार कैदीमा पुरुष ६५ जना, महिला ९ र बन्दीमा पुरुष २४, महिला २ जना रहेको छ । क्षमता भन्दा वढि कैदि बन्दी भएका कारण सुत्न र बस्न निकै समस्या भएको कारागार प्रमुख धामीको भनाई छ ।
कैदीहरु दिनानुदिन बड्दै गएकोले अझ धेरै समस्या थपिएको हो । व्यवस्थापनका लागी सम्बन्धीत निकायहरुलाई पहल गरेपनि वास्ता नगरेको जनाईएको छ ।