खोटाङको रावा बेसीमा निशुल्क स्वास्थ्य शिविर सुरु

सोलुखुम्बु – खोटाङको रावा बेसी गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । खोटाङ सेवा समाज यु.के.र रावा बेसी गाउँपालिकाको संयुक्त आयोजनामा आज (शुक्रबारबाट) २ दिने शिविर सुरु भएको हो ।

गाउँपालिकाको केन्द्र हरमटारमा आज पहिलो दिन ३ सय ९ जनाले स्वास्थ्य सेवा लिएका छन् । वडा नम्बर १ कुभिण्डे, वडा नम्बर ४ डुम्रेधारापानी र वडा नम्बर. ५ दुवेकोलका १ सय ८५ जना महिला र १ सय २४ जना पुरुषले स्वास्थ्य सेवा लिएका छन् ।

जसमा दाँत सम्बन्धी सेवा लिने ४१ जना, स्वास्थ्य सम्बन्धी सामान्य सेवा लिने १ सय २७ जना, गाइनाकोलोजी स्त्रीरोग सम्बन्धी २७ जना, आर्थाेपेडिक हाडजोर्नी सम्बन्धी ५४ जना र ओप्थाल्मिक आँखा सम्बन्धी ६० जनाले आज (शुक्रबार)पहिलो दिन सेवा लिएको स्वास्थ्य शाखा संयोजक कौशल अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार भोलि (शनिबार)वडा नम्बर २ खार्पा, वडा नम्बर. ३ लामिडाडा र वडा नम्बर ६ हौंचुरका नागरिकहरुले सेवा लिने छन । खोटाङ घर भई विभिन्न पेशामा युकेमा बसोबास गर्दै आएका खोटाङ्ग सेवा समाज यु.के. को सहयोगमा उक्त शिविर सञ्चालन भएको सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

विरामीहरुको समस्यालाई मध्यनजर गर्दै प्रत्येक वडाको पायक पर्ने स्थानहरुमा निशुल्क बस सेवा समेत सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार